फिल्म हात पर्न छाडेपछि माओवादीतर्फ लागेकी उच्छृङ्खल नायिका रेखा थापा मान्छेहरूलाई प्रयोग गर्न र फाल्न माहिर छिन्। हिरोइन बन्नकै लागि छवि ओझासँग बिहे गरेकी उनले आफ्नो स्वार्थ पूरा भएपछि श्रीमान्को समेत मतलब गरिनन्। जब देशमा वाईसीएलको शासन थियो, त्यसबेला उपत्यकाका वाईसीएल इन्चार्ज सागरसँग भाइटिका लगाएर चर्चा र शक्ति बटुलिन्। उनकै आडमा चलचित्र विकास बोर्डमा नियुक्त हुनका लागि ठूलै लबिङ गरिन्। तर, त्यसमा असफल भइन्।
डन गणेश लामा शक्तिशाली भएका बेला उनले लामासँग पनि दोस्ती मनाइन्। अंग्रजी नयाँ वर्ष उनले दरबारमार्गस्थित लामाकै रेष्टुरेन्टमासँगै मनाएकी थिइन्। तर, लामाबाट पनि आफ्नो स्वार्थ पूरा हुन सकेन। त्यसपछि माओवादी नेताका घर धाएकी रेखा बेरोजगार भएपछि माओवादीमै प्रवेश नै गरिसकेकी छिन्। चलचित्र विकास बोर्डका अध्यक्ष बन्न नसकेपछि बोर्डका अध्यक्ष पप्पुसँग भने उनले दोस्ती गाँसेकी छिन्। धरानमा भइरहेको चलचित्र महोत्सवमा पनि उनी बिहान बेलुकी पप्पुसँगै देखिइन्। मोरङबाट चलचित्र लड्ने समेत घोषणा गरिन्।
चलचित्र क्षेत्रमा कसैले पनि मतलब गर्न छाडेपछि रेखा चुनाव लड्ने कुरा गर्न थालेकी छिन्। त्यसका लागि माओवादी पुत्र प्रकाशसँग उनको हिमचिम बढेको छ।
त्यस्तो त प्रकाशसँग उनको नयाँ हिमचिम भने होइन। बिना मगरलाई भगाउनुभन्दा पहिले पनि प्रकाशले रेखासँग घरजम गर्ने कुरा चर्चामा आएको थियो। तर बिनासँग प्रकाश बेपत्ता भएपछि रेखा रिसाएकी थिइन्। स्रोतका अनुसार अहिले प्रकाश पुनः खुला भएपछि अहिले बिनासँगभन्दा प्रकाशको दोस्ती रेखासँग बढेको छ।
प्रकाशसँग रेखा लाग्नुको प्रष्ट कारण हो, प्रचण्डको शक्ति। प्रकाशले प्रचण्डसँग लडेर भए पनि आफ्नो लागि जे पनि गर्न सक्छन् भन्ने रेखालाई लागेको छ। त्यसकारण अहिले रेखा प्रकाशसँग नजिकिएकी हुन्। स्रोतका अनुसार आगामी चुनावमा समानुपातिकतर्फबाट सभासद् बन्ने योजनामा रेखा लागेकी छिन्। त्यसका लागि उनले प्रकाशलाई प्रयोग गर्न लागेकी हुन्।
प्रकाशसँग रेखा
My Blog List
Sample Text
Text Widget
tabber
गलकोट संसारमा तपाईं लाई हार्दिक स्वागत छ |
Archive
feature content slider
Content left
Content right
Content left
sideCategory1
Social Icons
Blog Archive
Followers
About Me
Content left
Content right
Featured Posts
Content right
Connect With Us
125x125 Ads2
Instructions
125x125 Ads3
About
125x125 Ads1
Download
Blogger Tricks
Blogger Themes
Catwidget4
topads
सुचना समाचार र बिचारको लागि लग अन गर्नु होला www.imandar.net. . Powered by Blogger.


0 comments
Write Down Your Responses