खिलराजको राजीनामाबारे काँग्रेसमा विवाद बढ्यो

२१ जेठ, काठमाण्डौ । नेपाली काँग्रेसमा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्छ कि पर्दैन भन्नेबारे विवाद चर्किएको छ । खिलराजले राजीनामा दिनु पर्ने र दिन आवश्यक छैन भन्दै शीर्ष नेताहरुले भाषण गर्दै हिँडेपछि काँग्रेसमा नेताहरुवीच विवाद बढेको हो । काँग्रेस सभापति सुशील कोइरालाले कार्यपालिका र न्यायपालिकाको प्रमुख एउटै व्यक्ति हुन नसक्ने भन्दै मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले प्रधानन्यायाधीशवाट राजीनामा दिनु पर्ने अडान राख्दै आउनुभएको छ ।
sushil-koiralaतर, उपसभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरवहादुर देउवाले भने प्रधानन्यायाधीशबाट खिलराजले राजीनामा दिन नहुने बताउँदै आउनुभएको छ ।सभापति कोइरालाले प्रधानन्यायाधीशबाट राजीनामा नदिए चुनावको वातावरण बन्न नसक्ने भन्दै विभिन्न सभा तथा उच्चस्तरीय राजनीतिक समिति र मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी स्वम्सँगको भेटमासमेत राजीनामा दिन आग्रह गर्दै आउनुभएको छ । सभापति कोइरालाले राजीनामा बारे आफ्नो कुरा नसुनेको भन्दै सहयात्री दलका नेताहरुसंग असन्तुष्टि जनाउँदै आउनुभएको छ । त्यही कारण कोइराला केही दिन अघि दुईपटक बोलाइएको राजनीतिक समितिको बैठकै छोडेर तनहुँको वन्दीपुर हिँडेको स्रोतको भनाइ छ ।
अन्य सहयात्री दलले सहयोग गर्ने कुरा त परै जाओस् आफ्नै दलभित्रका नेताहरुले समेत सभापतिको कुरालाई टेरपुच्छर नलगाई उल्टै प्रधानन्यायाधीश पदबाट रेग्मीले राजीनामा दिनु नपर्ने अभिव्यक्ति दिँदै आएका छन् । पार्टीकै बरिष्ठ नेताहरुले साथ नदिएपछि पछिल्लो समय सभापति कोइराला उपसभापति रामचन्द्र पौडेलसंग पनि असन्तुष्ट रहेको स्रोतको भनाइ छ । पार्टीका बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पक्षधर नेताहरुले प्रधानन्यायाधीश पदवाट रेग्मीले राजीनामा दिनु नपर्ने बताउँदै आएका छन् ।
बरिष्ठ नेताहरुले नै आफ्नो अडानलाई साथ नदिएपछि सभापति कोइरालाला एक्लिएको स्रोतको भनाइ छ । सभापति कोइरालालाई असन्तुष्ट बनेकी नेतृ सुजाता कोइराला पक्षधर नेताहरुले साथ दिएका छन् । तर बहुमत केन्द्रीय सदस्यहरु पछिल्लो समय प्रधानन्यायाधीशबाट खिलराज रेग्मीले राजीनामा दिनु नपर्ने कुरामा अडिग छन् । दलहरुले यसबारे २४ गतेको उच्च्स्तरीय बैठकमा अन्तिम निर्णय गर्ने बताएका छन् ।

चुनाव हुन्छ भने त्याग गर्नुपर्छ : कोइराला पक्ष
सभापति सुशील कोइराला पक्षधर नेताहरुले प्रधानन्यायाधीशवाट राजीनामा दिँदैमा चुनावको वातावरण बन्छ भने त्यो त्याग गर्न मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी तयार हुनु पर्ने वताउँदै आएका छन् । कोइरालासहित महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा रामशरण महत, दिलेन्द्र प्रसाद बडु, मिनेन्द्र रिजाल, आनन्द ढुंगाना, गगन थापा लगायतका नेताहरुले प्रधानन्यायाधीशवाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् ।
सभापति कोइरालानिकट केन्द्रीय सदस्य एवम् संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले चुनावका लागि सरकार र दलहरुले आ-आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने बताउनुभयो । अनलाइनखबरसंग कुराकानी गर्दै ढुंगानाले भन्नुभयो, ‘प्रधानन्यायाधीशबाट राजीनामा दिँदैमा निर्वाचनको वातावरण बन्छ र निर्वाचन हुन्छ भने सरकार, प्रमुख दल तथा आन्दोलनरत दलले पनि आ-आफ्नो ठाउँबाट त्याग गर्नुपर्छ ।’
 राजीनामा दिनु जरुरी छैन :  देउवा-पौडेल पक्षधर
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धामा विपक्षमा हुने बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति राचन्द्र पौडेल भने यो मुद्दामा एक ठाउँमा उभिएका छन् । उनीहरुले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशवाट राजीनामा दिनुनपर्ने अडान राख्दै आएका छन् । उनीहरुले प्रधानन्यायाधीशबाट रेग्मीले राजीनामा दिँदैमा चुनाव भइहाल्ने नत्र नहुने स्थिति नभएकाले राजीनामा दिनु आवश्यक नरहेको बताउँदै आएका छन् ।
देउवानिकट नेता विमलेन्द्र निधीले बाहालवाल प्रधानन्यायाधीशलाई मन्त्रिपरिषदको अध्यक्ष बनाउने सहमति चैत १ मै भएकाले राजीनामा माग्नुको कुनै अर्थ नरहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाहालवाल प्रधानन्यायाधीश नै मन्त्रिपरिषदको अध्यक्ष हुने भनेर बाधा अड्काउ फुकाउमै उल्लेख छ । खिलराजले प्रधानन्यायाधीशवाट राजीनामा दिँदा उनी मन्त्रिरिषदकै अध्यक्ष रहँदैनन् । त्यसैले राजीनामा दिनु हुँदैन ।’ निधीले यतिबेला प्रधानन्यायाधीशको राजीनामा नभई निर्वाचनमा ध्यान केन्दि्रत गर्नु पर्ने बेला भएको बताउनुभयो ।
राजीनामाको विपक्षमा कोको ?
राजीनामाको विपक्षमा बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, एनपी साउद, पूर्ण वहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, शंकर भण्डारी, कमला पन्त, नवीन्द्रराज जोशीलगायतका नेताहरु छन् ।
एक्लिए सुशील
पार्टीको विभाग विस्तारमा आफ्ना पक्षधरलाई उचित स्थान नदिएको र सल्लाह नै नगरी एकतर्फीरुपमा विभागमा सदस्य मनोनित गरेको भन्दै सभापतिसंग रुष्ट भएका बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायतका केन्द्रीय सदस्यहरु सभापतिलाई सकेसम्म एक्ल्याउने प्रयासमा लागेका छन् । उनीहरुले सभापतिलाई एक्ल्याउने उचित समय र मुद्दा पनि यही भएकाले प्रधानन्यायाधीशको राजीनामाको विपक्षमा नेता देउवा र पौडेल पक्षधर अडिएका हुन् । पौडेल र देउवा एक ठाउँमा अडिएर आफूलाई एक्ल्याएछि सभापति कोइराला अप्ठेरोमा पर्नुभएको हो ।
उता खिलराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाउन र लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन पार्टीभित्र तथा बाहिर प्रमुख भूमिका खेलेका महामन्त्री कृष्णप्रसाद सिटौला भने यस विषयमा मौन बस्नुभएको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/06/78504/#sthash.UV848hz4.dpuf

0 comments

Write Down Your Responses

My Blog List

Sample Text

Text Widget

tabber

गलकोट संसारमा तपाईं लाई हार्दिक स्वागत छ |

feature content slider

Content left

Content right

Content left

sideCategory1

Social Icons

Followers

Content left

Content right

Featured Posts

Content right

Connect With Us

125x125 Ads2

125x125 Ads2

Instructions

125x125 Ads3

125x125 Ads3

Header 468x60 Ads

About

125x125 Ads1

125x125 Ads1

Download

Blogger Tricks

Blogger Themes

Catwidget4

topads

सुचना समाचार र बिचारको लागि लग अन गर्नु होला www.imandar.net. . Powered by Blogger.

Recomended

Label 5

Label 4